प्रधानमन्त्रीलाइ आज डिस्चार्ज गर्ने अस्पतालको तयारी, केहि दिन भीडभाडमा नजान सल्लाह
काठमाडौँ – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँलाई आज डिस्चार्ज गर्ने तयारी रहेको उपचारमा संलग्न चिकित्सकहरुले गरेका छन् ।
शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ र अस्पतालबाट डिस्चार्ज गरी निवासमै आराम गराउने तयारी चिकित्सकले गरेका छन् ।
प्रधानमन्त्रीको उपचार प्राध्यापक डाक्टर अरुण सायमी, प्राध्यापक डाक्टर दिब्या सिंह र डाक्टर सन्तकुमार दास संलग्न छन् । छातीको संक्रमण र भाइरल ज्वरोले सिकिस्त बनाएपछि १२ गते बिहान प्रधानमन्त्रीलाई शिक्षण अस्पतालको सीसीयूमा राखिएको थियो ।
अहिले प्रधानमन्त्रीलाई निको भइसकेको र नियमित खान पान सुरु गरिसकेको जानकारी चिकित्सकले दिएका छन् । यद्यपि संक्रमण बल्झिन सक्ने भएकाले कम्तिमा १ साता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति हुने छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #धानमन्त्रीलाइ आज डिस्चार्ज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्