भिमसेनथापा गा. पा. वडा नं १ मा कांग्रेसको तर्फबाट मेघ प्रसाद भट्टको दावेदारी
गोरखा l आशन्न स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० गतेको लागि घोषणा भएसंगै गोरखाको भिमसेन थापा गाँउपालिकामा चुनावी रौनक तातेको छ । भिमसेन थापा गाँउपालिका अपार सम्भाव्यता बोकेको शिक्षित तथा राजनैतिक चेतनाको दृष्टिकोणले समेत सदैव चर्चामा रहने पालिकामा, आशन्न स्थानीय निकायको चुनावमा पालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरु बन्ने होडबाजीमा विभिन्न राजनैतिक दलका दर्जनौं नेताहरु टिकटको लागि दौडधुप गरिरहेका छन् ।
भिमसेन थापा गाँउपालिका वडा नं १ मा अध्यक्षको लागि कांग्रेस निकट कै चार जनाको दावेदारी रहेको छ । जसमध्येको एक दावेदार हुन् मेघ प्रसाद भट्ट । लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुदै आईरहेका पटकपटक पार्टीको विभिन्न कार्यक्रम हुदाँ दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका र वि सं २०४० साल पौष १६ गते मेलमिलाप दिवसको पोष्टरीङ गर्दा ध्याम्पेसाल चौकीबाट पक्राउ परी २ रात ध्याम्पेसाल र ५ रात जिल्ला प्रहरी कार्यलयमा हिरासत जिवन बिताएका भट्टले आफुलाई अध्यक्षको बलियो उम्मेदवारको रुपमा दावेदार गरेका छन् ।
राजनीतिसंगै लामो समय शिक्षक सेवामा सक्रिय भट्ट हाल गाँउमै रहेर सामाजिक काम गर्दै आइरहेका छन् । उनी भन्छन्, मैले नेबिसंघ स्थापना हुदाँ देखि नैै आजसम्म विना स्वार्थ नेपाली कांग्रेसमा सक्रिय भएर लागेको छु । विगतमा पार्टीको विभिन्न कार्यक्रम हुदाँ दिएको जिम्मेवारी सफलता पूर्बक निर्वाह गरिसकेको व्यक्ति हुँ ।
समयको माग र आम जनताको चाहाना बमोजिम नै अबको बाँकी समय आफ्नो वडाको समग्र विकास समृद्वीमा सम्पूर्ण ध्यान केन्द्रीत गर्ने र नेपाली कांग्रेस भिमसेन थापा गाँउपालिका वडा नं १ र समग्र गोरखा कांग्रेसलाई एक ढिक्का बनाई बलियो कांग्रेसको रुपमा स्थापित गर्ने अठोट आफुमा रहेको भट्ट बताँउछन् ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #मेघ प्रसाद भट्ट
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्