भिमसेनथापा गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट युवा नेता रोशन गुरुङ्गको दाबी
गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका अध्यक्षमा युवाहरु माझ लोकप्रिय युवा नेता रोशन गुरुङ्गले दाबी गर्नु भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनको लागी भिमसेनथापा गाउँपालिका काँग्रेसबाट ठाकुर प्रसाद भट्ट, तारानाथ पुडासैनी, रोशन गुरुङ, कृष्ण प्रसाद बानियाँ, भरत भट्ट, बिनु वाग्ले, मुक्ति ढकाल, विदेश नराल र लिलानाथ लामिछानेको नाम सिफारिस भए पनि अध्यक्षमा रोशन गुरुङले पार्टीले टिकट दिएमा आफुले चुनाव जित्ने घोषण गर्नु भयो ।
पार्टीले दिएको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै अधि बढनु भएका गुरुङ गोरखा जिल्ला छेत्र नं १ प्रदेश ख को सभापति हुँदै हाल क्षेत्र नं १ क्षेत्रीय सचिव रहनु भएका छ ।
आफ्नो योग्यता, क्षमता अनुसार मजदुरबर्ग लगायत अन्यलाई एकीकृत रुपमा एक्बद्द गर्दै नेपाली कांग्रेसको संगठनलाई मजबुत र संगठित रुपमा अधि बढाउदै ट्रड युनियनको अध्यक्षमा आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेको बताउनु भयो छ ।
नेविसंघबाट राजनीतिक यात्रा तय गरेका गुरुङ माओबादी द्वन्द्वकालमा गोरखाको ढुङ्गाडेमा भएको भिडन्तमा घाइते भएका गुरुङ जस्तोसुकै परिस्थितिमा पनि हिम्मात नहार्ने युवा भएकाले सबैमा लोकप्रिय रहेका छ्न ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #रोशन गुरुङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्