Techie IT
आईतबार, भदौ २१,२०८३

भिमादको मेयरमा कांग्रेसबाट खनालको चर्चा


 

तनहुँ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा विभिन्न स्थानीय तहहरुमा उम्मेद्वारी दिनेहरुको चर्चा चुलिदो छ। यसैबीच १० वटा स्थानीय तह भएको तनहुँमा पनि आकाक्षीहरुको लिष्ट लामै छ।

यसैमध्ये तनहुँको भिमाद नगरपालिकामा बलियो दाबेदारी र चर्चामा रहेका छन् कांग्रेसका चुडामणी खनाल। नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा क्षेत्र नं २ बाट क्षेत्रीय सभापतिमा बिजयी भएका खनाल लाई भिमादको नगर प्रमुखको लागि बलियो दाबेदारीका रुपमा हेरिएको हो।

नगरपालिकाभित्र प्रायः सबै स्थानीय माझ लोकप्रिय र जनताको सुखदुखको साथी बनेका खनालको टिकट पाएमा जित सुनिश्चित हुने दाबी छ ।


क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #चुडामणी खनाल


तपाईको कमेन्ट लेख्नुहोस्