केशव स्थापितलाई बचाउन काठमाण्डौ महानगरको गलत विज्ञप्ती
काठमाडौं महानगर पालीकाका पूर्वमेयर तथा प्रदेश नम्बर ३ का भौतिक योजना मन्त्री केशव स्थापितमाथि यौन उत्पीडनको आरोप लागेपछि महानगपालीकाले त्यसको खड्न गर्दै बिज्ञप्ती निकालेको छ ।
काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापतिले मन्त्री स्थापित मेयर भएकाबेला स्थापितको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको अनुभव सार्वजनिक गरेकी थिईन् ।
स्थापितले घुम्न जाने र ’क्वालिटी टाइम’ बिताउने प्रस्ताव राखेको र आफुले अस्वीकार गरेकै कारण पन्ध्र वर्षअघि जागिरबाट निकालिएँको सामाजिक सन्चालबाट सार्वजनिक गरेपछि बिभिन्न मिडियाले समाचार प्रकाशन गरेका थिए ।
उक्तm समाचार’भाईरल भएपछि काठमाण्डौ महानगरपालीकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले यहि कार्तिक १२ गते विज्ञप्ती निकालेर स्थापितसँग जोडिएर आएका समाचारहरु भ्रमपूर्ण रहेको भन्दै उल्टै कामपाकी पूर्व शाखा अधिकृत रश्मीला प्रजापतिमाथि नै अनियमिता गरेको आरोप लगाउँदै सेवाबाट हटाईएको जनाएका छन् ।
कार्कीद्धारा जारी बिज्ञप्तीमा द काठमाण्डौ पोष्ट लगायतका बिभिन्न सन्चार माध्यममा प्रकाशित समाचारमाथि का.म.पा.को गम्भिर ध्यानाकर्षण भएको भन्दै स्थापितसँग जोडेर लेखिएका उक्त समाचार भ्रमपूर्ण रुपमा आएकोले झुठो र कपोलकपिल्त भएको बताईएको छ ।
यस्तै का.म.पा. अन्तरगतको हनुमानढोका दरवारक्षेत्र संरक्षण कार्यक्रममा कार्यरत तत्कालिन शाखा अधिकृत रश्मिला प्रजापतिले अनियमिता गरेको र कर्मचारीलाई अभद्र व्यावहार गरेकोले २०६० साल श्रावण ३ गतेको निर्णय अनुसार उनलाई सेवाबाट हटाईएको उल्लेख छ ।
विज्ञप्तीमा तत्कालिन स्थानीय विकास मन्त्रालयका पदाधिकारी, कर्मचारी र यस कार्यलयबीच त्रीपक्षीय वार्ता भई २०६० श्रावण ३ गते भएको सहमतीमा प्रजापतिलाई तत्कालै का.म.पा.को अतिरिक्त समूहमा सरुवा गरी एक टोली गठन गरेर निजबाट भएका अनियमिताबारे अध्ययन गर्ने र सो अनुसार कार्वाहि गर्ने निर्णय भएकोमा उनलाई सोहि निर्णयका आधारमा हटाईएको जनाईएको छ ।
तर सो बेला प्रजापतिलाई सेवाबाट हटाउदा दिईएको अवकाश पत्रमा उल्लेखित मिति र कार्कीद्धारा अहिले जारी गरिएको विज्ञप्तीमा प्रजापतिलाई सेवाबाट हटाउन गरिएको निर्णय मिति भने फरक छ ।
प्रजापतिले सार्वजनिक गरेको अवकास पत्रमा महानगरपालीका कार्यलयको मिति २०६०/७/३ अर्थात ०६० साल कार्तिक ३ को निर्णय अनुसार कार्तिक ४ (२०६०÷७÷४) गते देखि लागु हुने गरि अवकाश दिईएको जनाईएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्