तारकेश्वरमा आजदेखि “टाइफाइड विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने
काठमाडौं । आजदेखि सुरु हुने राष्ट्रिय खोप कार्यक्रमबारे तारकेश्वर नगरपालिकाले बिहिबार एक अभिमुखिकरण कार्यक्रम समपन्न गरेको थियो । नेपाल सरकारले औपचारिक रूपमा आज देखि सुरु गर्न लागेको टाइफाइड विरूद्धको भ्याक्सीन टाइफाइबेभको खोप कार्यक्रमबारे तारकेश्वर नगरपालिका नगर स्वास्थ्य शाखाले हिजो बिहिबार पत्रकार अभिमुखिकरण गरी जानकारी दिएको हो।
तारकेश्वरमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाको संख्या २९ हजार ४ सय रहेका छन् । सबैभन्दा धेरै मनमैजुका ४ वडामा रहेका छन् । तारकेश्वर नगरपालिका भित्रका ११ ओटा वडामा रहेका सामुदायिक विद्यालय, संस्थागत विद्यालय र स्वास्थ्य केन्द्रहरुबाट टाइफाइड विरूद्धको खोप कार्यक्रम सञ्चालन हुन्दैछ । सबै वडाहरुले विद्यालयका प्रतिनिधिहरु, स्वयमसेविका र उपभोक्ता समितिका प्रतिनिधि राखेर अभिमुखिकरण कार्यक्रम यस अघि नै गरिसकेको छ ।
एउटा खोप केन्द्रमा विद्यालयको शिक्षक १ जना, स्वयमसेविका १ जना र खोप लगाउने स्वास्थ्यकर्मी १ जना गरी ३ जनाको समुह बनाएको कुरा नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले बताउनुभयो ।
तारकेश्वर नगरपालिकाभित्र ११४ ओटा खोप केन्द्रमा एकै साथ कार्यक्रम सुरु हुन लागेको हो । विद्यालयमा विद्यार्थीहरुलाई खोप कार्यक्रमका दिन अभिभावकहरुलाई पनि विद्यालयले जानकारी दिनुपर्नेछ । खोप लगाएपछि आधा घण्टासम्म खोप केन्द्रमा आराम गर्न नगर स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।
विश्व स्वास्थ्य संगठनबाट सर्टिफाइड खोप १ जनाले एकपटक लगाएपछि जीवनभर लगाउन पर्दैन । यो खोपले ९७ प्रतिशत सुरक्षा गर्नेछ । वैशाखदेखि टाइफाइड विरूद्धको खोपलाई नेपाल सरकारले अनिवार्य खोप कार्यक्रममा राखेको हुँदा सबैले अनिवार्य लगाउनुपर्नेछ ।
टाइफाइड विरूद्धको भ्याक्सीन लगाएपछि हल्का ज्वरो आउने, खोप लगाएको ठाउँमा रातो हुने लक्षण कोही कोहीमा देखा पर्न पनि सक्छ तर त्यसले केही पनि असर गर्र्दैन । टाइफाइड विरूद्धको खोप लगाएपछि आधा घण्टासम्म खोप केन्द्र मै बस्दा राम्रो हुनेछ ।
यो खोप वैशाखदेखि अनिवार्य खोपमा राखेर सञ्चालन गर्न नेपाल सरकारले अनुरोध गरिसकेको छ । आजको अभिमुखिकरण कार्यक्रममा डा नकुल पौडेलले पत्रकारहरुलाई जानकारी गर्नुभएको थियो । कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले दिनुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य
ट्याग : #तारकेश्वर नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्