भिमसेनथापा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट ठाकुर भट्टको चर्चा परिचर्चा ।
गोरखा। आसन्न स्थानीय तहको निर्वाचनमा भिमसेनथापा गाउँपालिकाको अध्यक्षमा ठाकुर भट्टले दाबी गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष पदमा दावा गर्ने भट्ट बिद्यार्थी काल देखिनै सक्रीय राजनितिमा हुनुहुन्छ । अहिले गोरखा क्षेत्र नं १ प्रदेश ख का सभापति पनि हुनुहुन्छ भट्ट ।
बि स २०५४ सालदेखि नेबिसंघ सिद्दकाली मा. बि. तान्द्राङको इकाइमा रहदै बि. स. २०५६, ०५७ सालमा दुल्लभ माबि घ्याम्पेशाल को इकाइमा आफ्नो महत्त्वपूर्ण जिम्मेवारी बहन गर्नु भएको थियो ।
नेपाली कांग्रेस पार्टीको बिधान दिएको निर्देशनको पालना गर्दै सरस्वती बहुमुखी क्याम्पस ठमेल काठमाडौंमा २०५८ सालदेखी २०६४ सालसम्म नेबि संघ इकाइको बिभिन्न पदमा रहि काम गरेका थिए ।
त्यसैगरी, नेबिसंघ गोरखाको उपसभापति , नेपाली काङ्ग्रेसको १२ औँ अधिवेशनबाट गोरखा क्षेत्र नं ३ को उपसभापति, नेपाली काङ्ग्रेसको १३ औँ महाधिवेशनबाट गोरखाको जिल्ला कायर्समिति सदस्य हुदै १४ औँ महाधिवेशन बाट प्रदेश क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ ख सभापति भइ निरन्तर रुपमा २४ बर्षभन्दा बढि पार्टीमा काम गर्नु भएको छ ।
बिभिन्न संघ सस्थामा रहि काम गरेको अनुभव रहेको कारण अब जनप्रतिनिधि भएर नागरिकको सेवा गर्ने अबसरका लागि ‘एक पटक यसैपटक’ स्थानिय तहको नेतृत्व गर्न अग्रसर भएको ठाकुर भट्टले जनकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ तमाम गाँउपालिकाको जनता, अघिल्लो पुस्ता, पछिल्लो पुस्ताको मध्यस्थ भएर काम गर्ने छु ।
नागरिको समस्यालाई बुझ्ने छु लोभपाप त्यागेर जनताको जिवनस्तर उकास्ने कार्यमा अग्रसर हुनेछु ।
स्थानीय तहको चुनावको रौनक़ बढ्दै गर्दा आसन्न निर्वाचनको लागी गोरखा भिमसेन थापा गॉंउपालिका मा नेपाली कॉंग्रेसको तर्फबाट अध्यक्षमा ९ जना ले आफ्नो दावा प्रस्तुत गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्