गुल्मी मालिका गाँउपालिका अध्यक्षमा कांग्रेसको तर्फबाट विष्णु प्रसाद अर्यालको उम्मेदवारी घोषण
गुल्मी । आसन्न स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० गतेको लागि घोषणा भएसंगै गुल्मी जिल्लाको मालिका गाँउपालिकामा चुनावी रौनक तातेको छ । मालिका गाँउपालिका गुल्मी जिल्ला कै अपार सम्भाव्यता बोकेको शिक्षित तथा राजनैतिक चेतनाको दृष्टिकोणले समेत सदैव चर्चामा रहने पालिकामा, आसन्न स्थानीय निकायको चुनावमा पालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरु बन्ने होडबाजीमा विभिन्न राजनैतिक दलका दर्जनौं नेताहरु टिकटको लागि दौडधुप गरिरहेका छन् ।
चुनावको मिति र उम्मेदवारी मनोनयको समय नजिकिए संगै मुख्यतया नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षको बलियो उम्मेदवारको रुपमा लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुदै आईरहेका र पटकपटक पार्टीको सभापति हुदै पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका मालिका गाँउपालिका वडा नम्बर ६ अर्जैका विष्णु प्रसाद अर्यालले पालिका अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी घोषण गरेका छन् ।
राजनीतिसंगै व्यवसायमा सक्रिय अर्याल हाल काठमाडौंमा व्यवसाय गर्दै आइरहेका छन् । उनी भन्छन्, मैले लामो समय ने.बि.संघ हुदै नेपाली कांग्रेस अर्जेको पार्टी सभापतिको जिम्मेवारी सफलता पूर्बक निर्वाह गरिसकेको व्यक्ति हुँ । समयको माग र आम जनताको चाहाना बमोजिम नै अबको बाँकी समय गाँउ फर्कि पुन एक पटक पालिकको समग्र विकास समृद्वीमा सम्पूर्ण ध्यान केन्द्रीत गर्ने र नेपाली कांग्रेस मालिका गाँउपालिका र समग्र गुल्मी कांग्रेसलाई एक ढिक्का बनाई बलियो कांग्रेसको रुपमा स्थापित गर्ने अठोट आफुमा रहेको अर्याल बताँउछन् ।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा मालिका गाँउपालिकामा अन्य दलहरुसंग गठबन्धन गरि चुनाव लड्ने केही चर्चा चलेता पनि त्यो अझै प्रष्ट नभएको र गठबन्धन गर्नै पर्ने अबस्था आएपनि पालिका अध्यक्ष आम कांग्रेसी कार्यकर्ताहरुको भावना अनुरुप नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षमा आफुलाई सर्वसम्मत साझा उम्मेदवारीको रुपमा सबैले स्विकार गर्ने अर्याल बताँउछन् । यदि गठबन्धन गरेर फरक दलको नेतालाई पालिका अध्यक्षमा उमेदवारी बनाउने अबस्था सिर्जना भयो भने हजारौं कांग्रेसी कार्यकर्ताहरु पार्टी परित्याग गर्ने, कांग्रेस थप कमजोर बन्ने भएकोले आम कांग्रेसीहरुको भावना अनुरुपमा नै पालिका अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको बताँउछन् ।
केन्द्र, जिल्ला, क्षेत्र, पालिका, वडा र आम कांग्रेसीहरु सबैमा आफ्नो उम्मेदवारीको विषयमा व्यापक छलफल पछि मात्र सबैको माग बमोजिम नै कांग्रेसको तर्फबाट आफुले पालिका अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको अर्याल बताँउछन् ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #विष्णु प्रसाद अर्याल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्