अध्यक्ष ओलीले गरे एमालेको सामाजिक सेवा केन्द्रको घोषणा
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालनार्थ सामाजिक सेवा केन्द्रको घोषणा गरेका छन् । कोही पनि नागरिक खान नपाएर भोकै बस्न नपरोस् र उपचार गर्न नपाएर मर्न नपरोस् भन्ने मानवीय भावनाका साथ आइतबार सुरु गरिएको केन्द्रले सामाजिक क्षेत्रमा सहयोग गर्नेछ ।
अध्यक्ष ओलीले केन्द्रको घोषणा गर्दै सर्वे भवन्तु सुखिनःको पवित्र भावनाका साथ सामाजिक कार्यमा लाग्न पार्टीका सबै सदस्य र सहयोगीमा आग्रह गर्दै समस्यामा परेका व्यक्तिले एमालेलाई सम्झनुपर्ने बताए ।
एमालेको उद्योग व्यवसाय विभागका प्रमुख मोतीलाल दुगडले टोलटोलमा निःशुल्क भोजन, स्वास्थ्य शिविर, अपराधपूर्ण क्रियाकलापबाट पीडितको उद्धारलगायतका क्षेत्रमा निरन्तर सेवा गर्ने बताए ।
सो कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत शीर्ष नेता र समाजका विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्