रसुवामा काँग्रेस पार्टीले दियो घरदैलो अभियानलाई तीव्रता

रसुवा । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित गरि काँग्रेसले हिमाली जिल्ला रसुवामा चुनावी गतिविधि बढाएको छ । पाँच गाउँपालिका रहेको रसुवामा काँग्रेस पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएको छ ।
नेपाली कांग्रेसले जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ । ‘घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ । यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ ।
रसुवाबाट प्रतिनिधिसभा सांसद एंव काँग्रेस केन्द्रिय सदस्य ईन्जिनियर मोहन आचार्य यस पटक पाँच वटै गाँउपालिकामा नेपाली काँग्रेसले विजय हासिल गर्ने बताउनु हुन्छ।
संमृघ्द रसुवा निर्माणका लागी रसुवालि जनताले काँग्रेसलाई नै रोज्ने उहाँ बताउनु हुन्छ। काँग्रेसले नेतृत्व गरेका गाँउपालिकामा सम्पन्न विकास निर्माणका गतिविधिले यसको पुष्ठि गरिसकेको उहाँ बताउनुहुन्छ।
पाँच स्थानीय तह भएको रसुवामा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले दुई गाउँपालिका, नेकपा (एमाले) ले दुई गाउँपालिका र नयाँ शक्ति नेपालले एक गाउँपालिकामा विजय हासिल गरेको थियो । नयाँ शक्ति पार्टि अहिले काँग्रेस पार्टीमा विलय भै सकेको छ। रसुवामा ३२ हजार ३२३ मतदाता रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रसुवा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्