बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु
चितवन । पूर्वी चितवनको रत्ननगरमा भएको सवारी दुर्घटनामा परी आज (बुधबार) साँझ दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना. ५. ख. १९० नम्बरको पुरानो नारायणी यातायातको बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ००२ प १८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दम्पत्तीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका २ टाँडी बस्ने ६१ बर्षीया निरन्जन श्रेष्ठ र उनको श्रीमती ५६ बर्षीया नयनतारा श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक रोशन खड्काले जानकारी दिए ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरु दुवैको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । बस र त्यस्का चालक बाँके बस्ने ३४ बर्षका ललित ऐरीलाइ टाँडी प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्