पल शाहको निवेदनमा पोखरा उच्च अदालतमा आज पहिलो सुनुवाई

पोखरा । नाबालिका बलात्कार आरोपमा जेलमा रहेका अभिनेता पल शाहको निवेदन उपर उच्च अदालत पोखरामा पहिलो सुनुवाई भएको छ । उनीविरुद्ध तनहुँ प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत तनहुँले धरौटीमा रिहाइको आदेश नदिएपछि उनले पुनरावेदनका लागि उच्च अदालत पोखरामा आवेदन दिएका हुन् ।
प्रहरीले अनुसन्धान प्रतिवेदनसहित पललाई सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेकोमा अदालतले थप अनुसन्धानको लागि पुर्पक्षमा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशबाट असन्तुष्ट भएको भन्दै पलले उच्च अदालतमा निवेदन दिएका हुन् ।
उनले आफू बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग पनि गरेका छन् । उच्च अदालतमा भएको सुनुवाईपछि अदालतले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेको सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।
निवेदन दिए पनि थप अनुसन्धान विना आदेश दिन नमिल्ने उनले बताए । तनहुँ अदालतले दिएको थुनछेकको आदेश र आदेश जारी गर्दाको प्रतिलिपी, प्रमाण माग गरेको उनको भनाइ छ । तनहुँ अदालतको आदेशबारे निर्क्यौल गर्न पुनःबहस हुनेछ । पललाई १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्