नेपालटार नजिकै ट्रकले किचेका तीन जनाको परिवारलार्इ ११/११ लाख क्षतिपूर्ति
काठमाडाैँको तारकेश्वर नगरपालिकामा ट्रकको किचेर मृत्यु भएका तीन जनाको परिवारले ११ लाखका दरले क्षतिपूर्ति पाउने भएका छन । मृतकको परिवारलार्इ तेस्रो पक्ष बीमा अन्तर्गतको पाँच लाख र सवारीधनीले प्रति मृतक ६ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको मृतकका अाफन्त पूर्णप्रसाद ढुंगानाले दैनिकीलार्इ जानकारी दिए । अाफन्त र परिवारका सदस्यले दिउँसभर महानगरीय प्रहरी वृत बालाजुमा सडक नै बन्द गरेर खबरदारी गरेपछि प्रहरीले गाडी धानीलार्इ बोलाएको ढुंगानाले बताए ।
लाइसेन्स समेत नभएका चालकले चलाएको ट्रकले किच्दा शुक्रबार दुर्इजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा ज्यान गएको थियो । शुक्रबार बिहान नेपालटार नजिकै लोलाङ हाइटमा ना २ ख ७८२५ नम्वरको ट्रकले ठक्कर दिँदा पैदल यात्री ७० वर्षीया तिलकुमारी तिवारी र साढे ३ वर्षीय बालक अजित तिवारी र ६० वर्षीया सावित्री पुडासैनी रहेको महानगरीय प्रहरी वृत बालाजुका डिएसपी चिरञ्जिवी कोइरालाले जानकारी दिए । मृतक तिवारीद्धय गोरखा र पुडासैनी नुवाकोट स्थायी घर भएका मानिस हुन । डिएसपी कोइरालले साउनमा लाइसेन्सको ट्रायल दिएको चिट चालकबाट प्राप्त गरेको जानकारी दिँदै हदैसम्मको कानुनी कारबाहीका लागि प्रहरीले मुद्दा अघि बढाउने बताए ।
प्रदर्शनमा प्रहरीको बल प्रयोग
ट्रकले शुक्रबार बिहान नै किचेका एकको शब उठाउन स्थानीयले रोक लगाएर प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थानीयले १० घण्टासम्म शव उठाउन नदिएपछि प्रहरीले बल प्रयोग गरेर शव उठाएको थियो । प्रहरीले बल प्रयोग गर्दा स्थानीय ६ जन घाइते भएका छन । उनीहरूको मनमोहन अस्पताल ठमेलमा उपचार भैरहेको छ । घाइते मध्येका एक रामप्रसाद उप्रेतीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपालटार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्