Techie IT
सोमबार, वैशाख २२,२०८२

खाँदबारी कप भलिबल प्रतियोगिताको फाईनल खेल मंगलबार हुँदै


संखुवासभा – खाँदबारी युथ क्लव खांदबारीको आयोजनामा भईरहेको वडास्तरीय खाँदबारी कप भलिवलको फाईनल मङ्गलबार हुने भएको छ । खाँदबारी रङ्गशालामा आईतबारबाट सुरू भएको प्रतियोगितामा खाँदबारी नगरका १० टिम सहभागी भएका थिए ।

सेमिफाइनलमा खाँदबारी १, ८, ९ र ७ नम्बर वडा पुगेको छ । सेमिफाईनलमा खाँदबारी १ सङ्ग ८ नम्बर वडा र खादबारी ७ सङ्ग ९ नम्वर वडा भिड्ने छ । खाँदबारी युथ क्लबले मृत्यु भएका पुराना अग्रज खेलाडीको स्मृतिमा खाँदबारी कप आयोजना गरेको क्लवका महासचिव सुरेन शाक्यले बताउनुभयो ।

विजयी टिमले नगद ८० हजार, ५० हजार र २५ हजार पुरस्कार पाउने छन् । उत्कृष्ट, अनुसासित खेलाडिलाई पनि पुरस्कार र सम्मान गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार, स्थानीय
ट्याग : #खादबारी, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545