टाँडीका प्रहरी प्रमुख फेरिए : रविन बाबु रेग्मी आउने
चितवन । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी प्रमुख फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले आज (सोमबार) बेलुकी निकालेको काज सरुवा अन्तर्गत टाँडीका प्रहरी प्रमुख (डिएसपी) इन्द्र बहादुर राना फेरिएका हुन् ।
उनको जिल्ला प्रहरी कार्यालय बाग्लुङमा काज सरुवा भएको छ । तेह्र महिनासम्म प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका उनलेे लागूऔषध बरामद, चोरीमा संलग्न र फरार प्रतिवादी लाई पक्राउ, नदीनालाहरुमा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसामा संलग्नलाई नियन्त्रण तथा एमाले महाधिवेशनको त्रुटिरहित सुरक्षा व्यवस्था कायम गर्दै अपराधीक गतिविधिलाइ नियन्त्रणमा लिइ शान्ति सुरक्षालाइ चुस्तदुरुस्त पारेका थिए ।
बागमती प्रदेश प्रहरी कार्यालयबाट समेत प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका राना ब्यवसायिक प्रहरी अधिकृतमा गनिन्छन् । उनले विभागीय मूल्य–मान्यता, आदेशनिर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरका साथ बिवादरहित ढंगले आफ्नो कार्यकाल सकाएका छन् ।
यता, रानाको सरुवा भएसंगै अब उनको स्थानमा रविन बाबु रेग्मी आउने भएका छन् । रेग्मी केन्द्रिय अनुसन्धान ब्यूरोबाट चितवनको टाँडी सरुवा भइ आएका हुन् । उनी पनि ब्यवसायिक प्रहरी अधिकृतकै रूपमा चिनिन्छन् ।
यसअघि वर्डा प्रहरी कार्यालय नारायणगढ चितवनमा प्रहरी निरीक्षक हुँदा उनलेे त्यहाँको शान्तिसुरक्षा नियन्त्रणमा लिइ अपराधीक गतिविधिलाइ न्यूनीकरण गर्न कुनै कसुर बाँकी राखेका थिएनन् ।
उनलेे गरेको कामको मुल्यांकन गर्दै उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले “वेष्ट पोलिस अफ द मन्थ” बाट समेत सम्मान गरेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्