Techie IT
सोमबार, वैशाख २२,२०८२

स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न एमालेको निर्देशन


काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले मापदण्ड पास गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न भनेको हो ।

 

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशितालाई उम्मेदवार चयनको आधार बनाइएको छ ।

साथै वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्ने र जिल्लाले निर्णय गर्ने तय गरिएको छ । नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका र जिल्लाले सिफारिसमा प्रदेश कमिटीले तोक्नेछ ।

 

उपमहानगर र महानगरका प्रमुख र उपप्रमुखको उम्मेदवारहरु भने पालिका, जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले तय गर्ने एमालेको निर्णय छ ।

प्रचार विभागका उपप्रमुख रिजालका अनुसार तल्लो कमिटीबाट आएका उम्मेदवारमा बीचको कमिटीले पनि आफ्नो तर्फबाट नाम थपेर माथिल्लो कमिटीमा सिफारिस गर्न सक्नेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #], #breaking, #एमालेको निर्देशन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545