प्रहरी कर्मचारीदेखी थुनुवासम्मलाइ टिका लगाएर चितवन प्रहरीले मनायो होली

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना प्रहरी कर्मचारीदेखि हिरासतमा रहेका बन्दीहरुलाई टिका लगाइ होली पर्व मनाएको छ ।
विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले हिरासत कक्षमै पुगी टिका लगाई होलीको अवसरमा शुभकामना आदानप्रदान गरेका हुन् ।
प्रहरी प्रति देखिने नकरात्मक सोचको अन्त्य तथा थुनुवाहरुको मनोवल एवं उत्प्रेरणा स्तरमा सकारात्मक सुधार ल्याउने उद्देश्यका साथ प्रहरी हिरासत पुगी होली मनाइएको (एसपी) अधिकारी बताउँछन् ।
त्यहाँ रहेका थुनुवाहरुलाइ प्रहरी नै तपाईंहरुको घर हो भन्दै शुभकामना आदानप्रदान गरेका थिए । सधै प्रहरीको त्रासमा रहने थुनुवाले यस पटक (एसपी) ले नै टिका लगाइदिएपछि उनीहरु खुसी भएका थिए । हाल चितवन प्रहरीको हिरासतमा ९ जना महिला सहित ५६ जना पुरुषहरु रहेका छन् ।
प्रहरी कर्मचारीलाई पनि टिका
यता, आजै चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले प्रहरी कर्मचारीसंग समेत टिका लगाइ होली मनाएका छन् । (एसपी) अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त प्रहरी जवान तथा प्रहरी हवल्दार सहित जुनियर प्रहरी अधिकृत र सिनियर प्रहरी अधिकृतले सामुहिक रूपमा टिका लगाइ होली पर्व मनाएका हुन् ।
उत्कृष्ट परिणामका लागि उच्च मनोबल, उच्च मनोबलका लागि उल्लासपुर्ण काम गर्ने वातावरण श्रृजना गर्ने उद्देश्यका साथै प्रहरी कर्मचारीहरुको मनोवल एवं उत्प्रेरणा स्तरमा सकारात्मक सुधार ल्याउने तथा आपसी सम्बन्ध बृद्धि एंव भाईचारा बढाउने उद्देश्यले प्रहरी कर्मचारीसंग समेत सामुहिक रूपमा होली टिका लगाइ प्रहरी जवानहरूको मेशमा सामुहिक दिवा खाना भोजन गरिएको (एसपी) अधिकारीले बताए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्