प्रहरी कर्मचारीदेखी थुनुवासम्मलाइ टिका लगाएर चितवन प्रहरीले मनायो होली
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना प्रहरी कर्मचारीदेखि हिरासतमा रहेका बन्दीहरुलाई टिका लगाइ होली पर्व मनाएको छ ।

विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका उनीहरुलाइ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले हिरासत कक्षमै पुगी टिका लगाई होलीको अवसरमा शुभकामना आदानप्रदान गरेका हुन् ।

प्रहरी प्रति देखिने नकरात्मक सोचको अन्त्य तथा थुनुवाहरुको मनोवल एवं उत्प्रेरणा स्तरमा सकारात्मक सुधार ल्याउने उद्देश्यका साथ प्रहरी हिरासत पुगी होली मनाइएको (एसपी) अधिकारी बताउँछन् ।

त्यहाँ रहेका थुनुवाहरुलाइ प्रहरी नै तपाईंहरुको घर हो भन्दै शुभकामना आदानप्रदान गरेका थिए । सधै प्रहरीको त्रासमा रहने थुनुवाले यस पटक (एसपी) ले नै टिका लगाइदिएपछि उनीहरु खुसी भएका थिए । हाल चितवन प्रहरीको हिरासतमा ९ जना महिला सहित ५६ जना पुरुषहरु रहेका छन् ।

प्रहरी कर्मचारीलाई पनि टिका
यता, आजै चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले प्रहरी कर्मचारीसंग समेत टिका लगाइ होली मनाएका छन् । (एसपी) अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय चितवनमा कायारर्त प्रहरी जवान तथा प्रहरी हवल्दार सहित जुनियर प्रहरी अधिकृत र सिनियर प्रहरी अधिकृतले सामुहिक रूपमा टिका लगाइ होली पर्व मनाएका हुन् ।

उत्कृष्ट परिणामका लागि उच्च मनोबल, उच्च मनोबलका लागि उल्लासपुर्ण काम गर्ने वातावरण श्रृजना गर्ने उद्देश्यका साथै प्रहरी कर्मचारीहरुको मनोवल एवं उत्प्रेरणा स्तरमा सकारात्मक सुधार ल्याउने तथा आपसी सम्बन्ध बृद्धि एंव भाईचारा बढाउने उद्देश्यले प्रहरी कर्मचारीसंग समेत सामुहिक रूपमा होली टिका लगाइ प्रहरी जवानहरूको मेशमा सामुहिक दिवा खाना भोजन गरिएको (एसपी) अधिकारीले बताए ।

क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्