संखुवासभामा भएको दुर्घटना अपडेट : बस दुर्घटनाका घाईते ५ जना लाई हेलिकप्टरबाट धरान लगियो
दशजनाको सनाखत
संखुुवासभाको मादीमा भएको बस दुर्घटनाका घाईते ५ जना सेनाको हेलिकप्टरबाट थप उपचारका लागि बिहिबार दिँउसो धरान लगिएको छ । उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुबेदीले बताए । घाईते मध्ये युका पोखरेल र बलबहादुर कार्कीको अवश्था गम्भिर छ । सुवास गोले, तुलसा कटुवाल, अम्बिका विक खतरामुक्त भएपनि थप उपचारका लागि उनीहरुलाई पनि धरान लगिएको छ ।

मादीमा भएको बस दुर्घटनाका मृतक मध्ये १० जनाको सनाखत भएको छ । मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका ६ को पुलुड्ड स्थित सात घुम्तिमा बिहीबार दुर्घटना हुदाँ १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा मादीकी अञ्जना कटुवाल, दीपक दाहाल, ईन्द्रबहादुर अधिकारी, आईतबहादुर तामाड्ड, सविता राउत, श्याम शेर्पा, भवानी दाहाल, दिक्षा कटुवाल, चालक विपीन निरौला,सहचालक उमेर भट्टराई रहेको प्रहरीले जनाएको छ । १ जना पुरुष २ महिला र १ जना बालकको पहिचान भने खुलेको छैन ।
स्थानीयले बसमा कम्तिमा २१ जना यात्रु रहेको अनुमान गरेका छन् । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking, #hot, #बस दुर्घटना अपडेट, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्