नक्कली दस्तखत गरी ठगी गर्ने दुई जना पक्राउ
चितवन । नक्कली दस्तखत गरी ठगी गरेर फरार रहेका दुई जनालाइ टाँडी प्रहरीले पक्राउ गरेको छ ।
पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १ सौराहा चोकमा रहेको न्यू लक्ष्मी इन्टरप्राइजेजबाट ४ लाख ६८ हजार ४३५ रुपैयाँ बराबरको रड खरिद गरे बापत अरूकै नाममा रहेको चेकमा नक्कली दस्तखत गरी ठगी गरेर फरार रहेका दुई जनालाइ ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीको टोलीले हिजो (बुधबार) कालिका नगरपालिका वडा नंम्बर १ लंकालाइनबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कालिका नगरपालिका वडा नंम्बर १ बस्ने ३६ बर्षिया उज्जवल कुँवर र मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नंम्बर ११ नवलपुर बस्ने प्रभाकर भन्ने सुदीप कार्की रहेका छन् । उनीहरुले पसल सञ्चालक कृष्णप्रसाद तिवारीसँग २०७८ माघ १४ गते प्रभाकर भन्ने सुदीप कार्की समेतले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पक्राउ परेकाहरु उपर ठगी मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरुलाइ अहिले ईलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्