संखुवासभामा बस दुर्घटना अप्डेटः १४ जनाको शव संकलन, ५ जनाको जीवितै उद्धार (नाम सहित)
५ जनाको जीवितै उद्धार

संखुवासभा, फागुन, २६ — संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका ६ को पुलुड्ड स्थित सात घुम्तिमा दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जिवितै उद्धार गरिएको छ । स्थानीय डम्बरबहादुर बस्नेतका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, वलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।
दुर्घटनामा मृत्यु भएका मध्ये १४ जनाको शव निकालिएको छ । मृतकहरुको पहिचान भने भएको छैन ।स्थानीयका अनुसार करिब बसमा १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटनामा कतिजनाको ज्यान गयो भन्ने बिबरण संकलन भइरहेको छ । क्षतिको बिबरण आईनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुबेदीले बताए । दुर्घटनामा घाईते भएकाहरुलाई उपचारका लागि हेलिकप्टरबाट लैजानु पर्ने स्थानीयले बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #hot, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्