संखुवासभामा बस दुर्घटना अप्डेटः १४ जनाको शव संकलन, ५ जनाको जीवितै उद्धार (नाम सहित)
५ जनाको जीवितै उद्धार
संखुवासभा, फागुन, २६ — संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका ६ को पुलुड्ड स्थित सात घुम्तिमा दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ५ जनाको जिवितै उद्धार गरिएको छ । स्थानीय डम्बरबहादुर बस्नेतका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, वलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितै उद्धार गरिएको हो ।
दुर्घटनामा मृत्यु भएका मध्ये १४ जनाको शव निकालिएको छ । मृतकहरुको पहिचान भने भएको छैन ।स्थानीयका अनुसार करिब बसमा १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटनामा कतिजनाको ज्यान गयो भन्ने बिबरण संकलन भइरहेको छ । क्षतिको बिबरण आईनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुबेदीले बताए । दुर्घटनामा घाईते भएकाहरुलाई उपचारका लागि हेलिकप्टरबाट लैजानु पर्ने स्थानीयले बताए ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #hot, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्