पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ चैतदेखि २१ सम्म हुने
पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) १७ चैतदेखि २१ सम्म हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा महोत्सव भौतिक रूपमै हुने भएको हो ।
यसअघि १० चैतदेखि १४ गतेसम्म यो महोत्सव हुने भनिएको थियो । प्राविधिक कारणले मिति परिवर्तन गरिएको सोमबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत निफका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
अघिल्लो पटक कोरोनाका कारण भर्चुअल रूपमा महोत्सवको आयोजना भएको थियो । यस पटक महोत्सवमा ३८ देशका ८९ चलचित्रबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरूको सातवटा विधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ ।
यसपटक चलचित्र हलमा भौतिक रूपमा प्रदर्शन हुनुका साथै अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #निफ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्