बेक्सलेमा रहेको हैरिस एकैडमीमा चित्रकला कक्षा शुरू
फाल्कनवुड, बेक्सलेमा रहेको हैरिस एकैडमीमा चित्रकला कक्षा शुरू गरिएको छ। २७/२/२०२२, आइतवारदेखी सुरु भएको नेपाली बालबालिकाका लागि कला कार्यशाला तथा प्रदर्शनीको उद्घाटन कार्यक्रममा ,डेभलपमेन्ट एलायन्स र बेक्सले नेपाली कम्युनिटी (बीएनसी) ले वेलिंग ग्रीनग्रोसरी र टीके म्याक्स कम्युनिटी फन्डिङको आर्थिक सहयोगमा बालबालिकाका लागि कला कक्षाको आयोजना गरेको हो ।
कला कक्षाको उद्घाटन लण्डनस्थित नेपाली राजदूतावास युकेका डेपुटी चिफ अफ मिसन श्रीमती रोशन खनाल प्रमुख अतिथि र सह आयोजक विकास गठबन्धनको प्रतिनिधि बाशु शर्मा ले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रम बेक्सले नेपाली कम्युनिटी का महा सचिव केदार थपलियाले गर्नु भएको थियो। कार्यक्रम को शुभारंभ पछि दुतावासबाट आउनु भएकी श्रीमती रोशन खनाल ज्यूले छेटो समयमा यसरी बेक्सले नेपाली समाजका बाल बालिकालाई भेट्न पाउदा खुसी लागेको अनि नेपाली कला संस्कृति बचाउन् ठुलो मदत पुग्ने बताउनु भयो साथै चित्र कला सिकेर राम्रो राम्रो चित्र बनाउन सुजाब जिनुभयो ।
साहित्य चौतारी का संस्थापक बाशु शर्मा ले बालबालिकाका लागि यस्ता महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गरेकोमा म BNC टोलीलाई पनि धन्यवाद दिन चाहन्छु जसले निश्चित रूपमा दूरगामी प्रभाव पार्छ भन्नु भयो ।साथै DCM श्रीमती खनाललाई उनको समय र बच्चाहरु को लागी विचार को लागीपनि हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

चित्रकला कक्षा कि शिक्षिका रू रू लम्साल ले यस कक्षा संचालन मा ल्याउन यति घेरै मेहनत गर्नुहुने चित्रकला कक्षा का संयोजक दिपेन्द्र सिटैला लाई घेरै धन्यवाद दिनु भयो साथमा बीएनसी का अध्यक्ष लगायत सम्पूर्ण परिवार लाई पनि धन्यवाद दिनु भयो।
चित्र कला कक्षा संचालन को कार्यक्रम, BNC द्वारा आयोजित नेपाली बालबालिकाका लागि चलिरहेको नेपाली भाषा कक्षाको भ्रमण र अवलोकन पनि भयो।
अवलोकन गर्ने क्रममा DCM श्रीमती खनालले यसरी नेपाली भाषा कला साहित्य को जग्रेना हुनु निकै राम्रो कुरा हो ,यो देखेर म अतिनै हर्षित भएकी छु भन्दै बच्चाहरूसित कुराकानी पनि गर्नु भयो,यसको साथै बच्चाहरूलाई आफ्नो दूतावास अवलोकन गर्न आउननी निम्तो दिनुभयो ।
नेपाली कक्षा का संयोजक श्रीमती बिजेता गौतम ,शिक्षिका अहिल्या कुँवर र सरिता शर्मा ले कक्षा स्वागत गर्नु भएको थियो । शिक्षिका अहिल्या कुँवर ले कक्षा को बारे जानकारी दिनु भएकी थियो साथै सम्पूर्ण बच्चाहरूले राष्ट्रीय गान गायर सुनाएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #बेक्सलेमा रहेको हैरिस एकैडमी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्