सत्ता गठबन्धनको आयु धेरै छैनः एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ, १४ फागुन । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको आयु धेरै बाँकी नरहेको बताएका छन् । एमालेले नै गठबन्धन तोडिदिने उनको भनाइ छ ।
बुढानीलकण्ठ वडा नम्बर ६ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनले भने, ‘हाम्रो पार्टीविरुद्धको घेराबन्दीलाई भत्काउँछैँ । सत्ता गठबन्धन टुट्छ, हामी तोड्दिन्छौँ ।’
गठबन्धन कसरी तोडिन्छ भन्नेबारे चाहिँ उनले खुलाएनन् । सत्ता गठबन्धनमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चा छन् । एमसीसीलाई लिएर गठबन्धनभित्र तीव्र ध्रुवीकरण छ ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले आगामी तिनै तहको निर्वाचनमा एमाले पहिलो दल बन्ने दाबी गरे । ‘यसका लागि गाउँ, टोलबाटै साथीहरू खट्नुपर्छ । हामी पहिलो दल बन्छौँ, बन्नुपर्छ’, उनले भने ।
प्रदेश सांसद्समेत रहेका एमाले काठमाडौं अध्यक्ष दीपक निरौलाले पार्टीको वडा कमिटी सदस्यहरूलाई शपथ गराए । ‘चुनावमा हारजितका लागि टोल कमिटीको भूमिका अहम् हुन्छ’, उनले भने, ‘त्यसैले तपाईंहरू निर्वाचनको तयारीमा डटेर लाग्नुहुन्छ भन्ने विश्वास छ ।’
बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले . पाँच वर्षमा आफूले विकासका थुप्रै काम गरेको दाबी गरे । ‘आउँदो निर्वाचन दलको परीक्षा हो । यही नै बहुदलीय व्यवस्थाको परिपाटी पनि हो । हामीले गरेका कामबारे जनतालाई जानकारी गराउनुपर्छ, बुझाउनुपर्छ । निर्वाचन हाम्रा लागि परीक्षा हो’, मेयर खरेलले भने ।
एमालेका स्थानीय नेता रवि खड्काले आफूहरू स्थानीय तह चुनावको तयारीमा लागिसकेको बताए । भने, ‘११ वटा टोल कमिटीमध्ये हामीले ६ वटा टोल कमिटी बनाइसकेका छौँ । सबै टोलवासीलाई एक ढिक्का बनाएर चुनावको तयारी र पार्टीका उम्मेदवारलाई जिताउन लागेका छौँ ।’
क्याटेगोरी : समाचार
ट्याग : #सत्ता गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्