Techie IT
बुधबार, जेठ ८,२०८२

ओली निवासमा कांग्रेस-एमालेका नेताहरुबीच भेटवार्ता, आज निर्णायक हुने


नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्षसँग भेटवार्ता गर्दैछन् ।

उनीहरुबीच दिउँसो ३ बजे भेट भनिए पनि आन्तरिक छलफलका कारण साँझ ५ बजेलाई सारिएको छ ।

अमेरिकी अनुदान परियोजना (एमसिसी) पारित गर्न सहमतिका लागि उनीहरुबीच भेटवार्ता हुन लागेको हो । ओली देउवा भेटवार्ता भन्दा पहिले काँग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

आइतबार एमसीसी पारित गराउने तयारी सरकार रहेकाबेला एमालेको साथ आवश्यक रहेको छ ।

आज निर्णायक छलफल हुने बताइएको छ । त्यसका लागि प्रधानमन्त्री देउवा बालकोट जाँदैछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ओली निवास


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:10 am6:50 pm +0545