माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गर्दा एमसीसी अनुमोदन गर्न कठिन

फागुन । सडक र सदनमा समेत तीव्र विवाद चलिरहेकै बेला हिजो आइतबार विवादित अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभामा जबरजस्ती पेश गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको एकल बलमा उक्त प्रस्ताव संसदमा पेश गरिएको हो । जसको साक्षीकारूपमा पूर्वप्रधानमन्त्रीद्वय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल छन् । उनीहरूले प्रस्ताव पेश गर्न देउवालाई सहमति दिएपछि यो सम्भव भएको हो ।
त्यसो त माओवादी र नेकपा एसले मतदान प्रक्रियामा विपक्षमा मतदान गर्ने बताउँदै आएको छ । यी दुई दलका अध्यक्षद्वय दाहाल र नेपालको द्वैध चरित्रकै कारण अहिले एमसीसी परियोजना मात्र होइन मुलुक नै सङ्कटमा फसेको छ । किनकी यी दुई नेताहरू आगामी निर्वाचनमा आफू सुरक्षित हुनका लागि अप्राकृतिक गठबन्धनमा सहभागी छन् । सोही गठबन्धन जोगाउनका लागि एमसीसीलगायत राष्ट्रिय महत्वका विषयहरूमा ‘डबल स्ट्यान्डर्ड’ कायम राख्दै आएका छन्, जुन एमसीसीमा पनि देखिएको छ ।
यसैबीच संसदमा पेश भएको एमसीसी प्रस्ताव पारित गराउन प्रधानमन्त्री शेयरबहादुर देउवा संसदको गणितीय जोडघटाउमा लागेका छन् । जस अनुसार देउवा गठबन्धनकै दलहरूलाई फकाउने प्रयत्नमा छन् । यदि त्यसो भएन भने गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने ‘ग्रीन सिग्नल’ समेत उनले दिँदै आएका छन् ।
एमालेका १४ जना सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै सभामुख अग्नि सापकोटाको विरोध गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ । संसदको सबैभन्दा ठूलो दल समेत रहेको एमालेले संसदको उक्त प्रक्रियामा सहभागीता नै नजनाउने र जनाइहाले पनि विपक्षमा मतदान गर्ने मानसिकता बनाएको बुझेका प्रधानमन्त्री देउवाले गठबन्धनभित्रै अंकगणित पुर्याउने कसरत शुरू गरेका छन् । तर, गठबन्धनमा सहभागी पाँचमध्ये माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चालगायतका दलहरू एमसीसीविरुद्ध सडक आन्दोलनमै ओर्लिएका कारण त्यो पनि त्यति धेरै सम्भावना नरहने देखिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमसीसी अनुमोदन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्