Techie IT
बुधबार, मंसीर ३,२०८३

समाजलाई ध्रुवीकृत हुन नदिन छलफलका लागि एमसीसी संसदमा : सभामुख सापकोटा


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली समाजलाई थप ध्रुवीकृत हुन नदिन एमसीसीलाई संसदको कार्यसूचीमा समावेश गरेको बताएका छन् ।
आइतवारको संसद बैठकमा सभामुख सापकोटाले एमसीसीलाई छलफलका लागि कार्यसूचीमा समावेश गरिएको बताएका हुन् ।

‘दलका शीर्ष नेताहरू, सांसदहरू, संविधानविद्, कानूनविद्, सञ्चारजगत, बुद्धिजीवी एवं लब्ध प्रतिष्ठित व्यक्ति व्यक्तित्वहरूको भावनाको समेत सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्त्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेका हुँदा अहम् महत्त्वका विषयहरूलाई आजको कार्यसूचीमा समावेश गरिएको छ,’ सापकोटाले भने ।

आज बिहान बसेको सत्तारुढ दलको बैठकले एमसीसी संसदमा टेबल गर्ने सहमति गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #सभामुख सापकोटा


तपाईको कमेन्ट लेख्नुहोस्