सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन र सहयोग गर्ने ईश्वर पोखेरेलको प्रतिबद्धता
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेरेलले सामाजिक काममा सक्रिय युवाहरुलाई पार्टीले प्रोत्साहन र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटी तथा क्षेत्र नम्बर ५ ले महाराजगञ्जमा आयोजना भएको रक्तदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले परोपकारमा युवाको सक्रियता प्रशंसनीय काम भएको बताएका थिए ।
‘राजनीति पनि देश र जनताको हितकै लागि हुन्छ । समाजसेवा पनि नागरिकको हितकै लागि हुन्छ । युवाहरु यस्तो काममा प्रेरित हुनुपर्छ । तपाईंहरुलाई म र पार्टीको प्रोत्साहन रहने छ’, उनले भने । अस्पतालहरुमा रगत अभाव भएका बेला रगत संकलन गरिएकाले यसको खास महत्त्व रहेको बताउदै पोखरेलले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन युवाहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेस सभा सदस्य नारायण सिलवाल र नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला सहित काठमाडौं क्षेत्र नम्बर ५ का जनप्रतिनिधि, सामाजिक कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
उक्त रक्तदान कार्यक्रममा १ सय ५० जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरका अध्यक्ष प्रवीण श्रेष्ठले जानकारी दिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #ईश्वर पोखेरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्