Techie IT
बुधबार, जेठ ८,२०८२

एमसीसीबारे बोल्यो चीन : सहयोग राजनीतिक सर्तबिना हुनुपर्छ


काठमाडौं । उत्तरी छिमेकी देश चीनले नेपालमा विवाद भइरहेको अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा मुख खोलेको छ । शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दैनि चियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सहयोग कुनै राजनीतिक सर्तबिना हुनु पर्ने बताएका छन् । चीनले धम्कीपूर्ण कूटनीतिको विरोध गर्ने वेनबिनले बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

‘चीन नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर उकास्न अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्ने कुराको स्वागत गर्छ तर यस्तो सहयोग कुनै राजनीतिक सर्तबिना नेपाली जनताको चाहनामा आधारित हुनुपर्छ,’ वेनबिनले भनेका छन्।

केही दिनअघि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरि एमसिसी पारित नभए चीनका कारण नभएको ठान्ने बताएको समाचार प्रकाशित भएका थिए।

यस्तै झन्डै ६० अर्बको एमसीसी परियोजनालाई फेव्रुअरी २८ भित्र संसदीय अनुमोदन गराउन अमेरिकाले ‘जबर्जस्ती कूटनीति’ गरिरहेको आरोप चीनले लगाएको हो । ‘चीन त्यसको प्रतिरोध गर्छ’ प्रवक्ता पिनको भनाई उदृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमसीसीबारे बोल्यो चीन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:10 am6:50 pm +0545