Techie IT
बिहीबार, मंसीर ४,२०८३

बालाजुमा पैदलयात्रुलाई ठक्कर दिएर भागेका बस चालक धादिङबेशीबाट पक्राउ


बालाजुमा दुई पैदलयात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालक धादिङ सिद्धलेख गाउँपालिका-४ का २९ वर्षीय चालक प्रदिप थपलियालाई  प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका  उनुसार थपलियालाई शुक्रबार धादिङबेशीबाट पक्राउ गरेको हो। उनी धादिङ-काठमाडौं रूट चल्ने बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको बस चलाउँछन्। प्रहरीले उनको बस पनि नियन्त्रणमा लिएको छ।

बिहीबार बालाजुमा सो बसको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको थियो।

मृत्यु हुनेमा रसुवा घर भई तार्केश्वर नगरपालिका-१० मनमैजुका १८ वर्षीय विकास तामाङ र काठमाडौं-१६ की अन्दाजी ५० वर्षीया दुर्गा थापा मगर छन्।


क्याटेगोरी : समाचार
ट्याग : #बस चालक धादिङबेशीबाट पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्