Techie IT
मंगलबार, असार २४,२०८२

काठमाडौँको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला


काठमाडौँको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ । कालिका पेट्रोल पम्पनजिक आज बिहान विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोली खटिएका छन् । शङ्कास्पद देखिएको वस्तु के हो र कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

अहिले यो रुटमा काठमाडौँ हुँदै नागढुङ्गातर्फ जाने सबै गाडीलाई कलङ्कीमा र नागढुङ्गा हुँदै काठमाडौँ आउने गाडीलाई नागढुङ्गामा रोकिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ढुंगेअड्डामा शंकास्पद वस्तु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:13 am7:04 pm +0545