Techie IT
बुधबार, वैशाख २४,२०८२

बालक बेपत्ता


पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढङ्ुगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए ।

स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहनुभएका मैनालीले भन्नुभयो, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग¥यौँ अहिलेसम्म कतै भेटिएन ।” सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् ।

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि आज बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक गिरीले भन्नुभयो, “मातहतका सबै निकायमा सूचना गरी खोजतलास शुरु गरिसक्यौँ ।”


क्याटेगोरी : समाचार
ट्याग : #बालक बेपत्ता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:17 am6:42 pm +0545