स्थानीय तहको चुनावका लागि आजदेखि दल दर्ता

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि यही फागुन १५ गतेसम्म दल दर्ता गर्न समय तोकेको छ । दल दर्ता निवेदनको ढाँचा आफ्नो वेबसाइटमा राखेको आयोगले जनाएको छ । छ ।
निर्वाचन आयोगमा अहिले १०६ वटा दल दर्ता भएका छन् । यी दलले चुनावी प्रयोजनका लागि लागि छुट्टै दर्ता गर्नुपर्ने छ । दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइट खुलाउनुपर्ने आयोगले जनाएको छ ।
त्यस्तै, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको सङ्ख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो चुनाव भएको मिति पनि खुलाउनुपर्ने छ ।
साथै यसभन्दा अघिको स्थानीय तहको चुनावमा प्राप्त गरेको निर्वाचन चिह्नको साटो अर्को चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहनेको तीन वटा चुनाव चिह्न प्राथमिकता क्रम अनुसार उल्लेख गर्नुपर्ने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #स्थानीय तहको चुनाव
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्