Techie IT
बिहीबार, मंसीर ४,२०८३

काभ्रेस्थलीमा कांग्रेसको टोल कमिटि गठन


तारकेश्वर । नेपाली कांग्रेसले काभ्रेस्थलीमा इकाई कमिटि गठन गरेको छ । वडा अन्र्तगतको टोल टोलमा कमिटि गठन अभियान अन्र्तगत शनिबार थुम्कामा कमिटि गठन भएको छ ।

जसमा बिनोद अधिकारी सभापति ,उपसभापतिमा रमेश रिजाल , सचिवमा प्रदिप सापकोटा , सहसचिवमा कृष्ण सापकोटा , कोषाध्यक्षमा उर्मीला तिमिल्सिना सहित ११ सदस्य इकाई कार्यसमिति गठन गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस तारकेश्वर २ का वडा सभापति रामहरि कार्की लगायतका नेता कार्यकर्ताको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #टोल कमिटि गठन


तपाईको कमेन्ट लेख्नुहोस्