यथास्थितिमै एमसीसी पारित भए माओवादी सरकारबाट बाहिरिन्छ : प्रचण्ड
फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) टेबल भए आफूहरू सरकारबाट बाहिरिने अभिव्यक्ति दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले यथास्थितिमै एमसीसी संस्दमा पेस गरिए माओवादीले त्यसलाई समर्थन गर्न नसक्ने भन्दै सरकारबाट बाहिरिने चेतावनी दिएका हुन् । बर्तमान सत्तागठबन्धनमा नेकपा माओवादी कांग्रेसपछिको ठूलो सत्तासाझेदार दल हो । माओवादीले सरकार छोड्दा सरकार पनि अल्पमतमा पर्ने देखिएको छ ।
शनिबार एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा अध्यक्ष दाहालले संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिक रूपमा नमिल्ने स्पष्ट पारेका हुन् । ‘परिमार्जन र संशोधनबिना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लान हुँदैन भन्ने अडान कायम छ । तर, अब सरकारले लाने नै भयो भने त सरकारले त्यो अधिकार राख्छ,’ दाहालले अन्र्वार्तामा भनेका छन्, ‘त्यो अवस्थामा सरकारले प्रस्ताव लाने, भोटिङ हुने, त्यही सरकारभित्रको पार्टीलेचाहिँ विरोध गर्ने स्थिति बन्यो भने सरकारमा बस्न नैतिक रूपले मिल्दैन ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्