Techie IT
बिहीबार, वैशाख २५,२०८२

पशुपतिनाथ मन्दिर खुलेसँगै भक्तजनको लाग्यो भीड


काठमाडौँ, २८ माघ । कोरोना सङ्क्रमणको तेस्रो लहर बढ्न थालेपछि गत माघ ५ गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहानदेखि खुला गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतकास्थलमा जनस्वास्थ्य मापदण्डपालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषले नजिकीदै गरेको महाशिवरात्रिको तयारी सँगसँगै पशुपतिनाथ मन्दिर पनि खुला गरेको हो । मन्दिर बन्द भएपछि माघ ५ गतेदेखि बिहीबारसम्म नित्य पूजामात्र हुँदै आएको थिया ।

मन्दिर आजदेखि खुलेपनि विशेष पूजा भने शनिबारदेखि सुरु गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । करिब २३ दिनपछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि नजिकिदै गरेकाले पशुपति क्षेत्रमा भक्तजनहरुको चहलपहल पनि बढ्न थालेको छ


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पशुपतिनाथ मन्दिर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:17 am6:42 pm +0545