Techie IT
बुधबार, जेठ ८,२०८२

काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-विजोर हटाउन सिफारिस


काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-विजोर हटाउन सिफारिस गरिएको छ ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले कोरोना संक्रमणदर घट्दै गएको भन्दै जोर-विजोर हटाउन सिफारिस गरेको हो ।

हाल निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-विजोर प्रणाली लागु छ ।

विद्यालय भने माघ महिनाभर बन्द नै गर्न सिफारिस गरिएको स्रोतले जनाएको छ । कोरोना संक्रमण बढ्दै गएपछि माघभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #जोर-विजोर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am6:50 pm +0545