तोडिँदै गठबन्धन , देउवा-प्रचण्ड बिच चर्काचर्की
काठमाडौँ, २३ माघ । सत्तारुढ गठबन्धन तोडिने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीका विषयमा चर्काचर्की भएसँगै गठबन्धन तोडिने भएको हो ।
स्रोतका अनुसार देउवा र प्रचण्डबीच एमसीसीका विषयमा टेलिफोनमा कुरा हुँदा चर्काचर्की भएको जनाइएको छ ।
यसैबीच आजै देउवाले बोलाएको मुख्य दलको छलफलमा प्रचण्डले नजाने संकेत गरेका बताइएको छ ।
देउवाले आफ्नो र प्रचण्डले हस्ताक्षर गरेको पत्रबारे खुलाएकोमा प्रचण्ड आक्रोशित बनेका हुन् ।
प्रधानमन्त्री देउवाले एमसीसी मुख्यालयलाई यथास्थितिमै एमसीसी पारित गर्ने भन्दै आफू र प्रचण्डले हस्ताक्षर गरेको खुलासा गरेका थिए ।
त्यस्तै, एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले समेत देउवा र प्रचण्डले एमसीसी पारित गर्ने लिखित प्रतिवद्धता पत्र पठाएको धन्यवाद समेत दिएकी थिइन् ।
देउवाले बोलाएको बैठकमा प्रचण्ड नजाने र माधव नेपाललाई देउवाले नबोलाएको बुझिएको छ ।
यसरी हेर्दा प्रचण्डको दोहोरो चरित्रका कारण गठबन्धन तोडिने नेताहरुले बताएका छन् ।
देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र लिक भएपछि
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #देउवा-प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्