बालाजु प्रहरीद्धारा मनमैजुमा संचालित ७००० लिटर घरेलु मदिरा नष्ट
महानगरीय प्रहरी कार्यालय बालाजुले तारकेश्वर मनमैजुमा संचालित अवैध घरेलु मदिरा नष्ट गरेको छ। स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा शुक्रबार प्रहरीले मदिरा नष्ट गरेको हो।
बालाजु प्रहरीका अनुसार प्रहरी प्रमुख गौतम मिश्रको कमाण्डमा खटिएको प्रहरी टोलीले तारकेश्वर वडा नं ९ मनमैजु स्थित एकान्त भिरालो पाखो नजिक अन्दाजी दुई रोपनी जमिनमा जस्ताको टहराहरु निर्माण गरी मानब स्वास्थ्यलाई अत्यन्तै प्रतिकूल असर पार्ने विभिन्न किसिमका अखाद्य पदार्थहरु प्रयोग गरी अबैध रुपमा ७००० लिटर घरेलु मदिरा नष्ट गरिएको हो ।

घरेलु मदिरामा पलाष्टी , मजा , अन्य फोहोरजन्य अखाध्य सामाग्रीहरु प्रयोग भएको पाइएको छ ।
उक्त जग्गामा जस्ता तथा बाँसद्धारा निर्मित सातवटा छाप्रोमा खानतलासी गर्दा उक्त छाप्रोहरुमा रहेका सात वटा भट्टिहरुमा रहेको निम्न अनुसारको तयारी घरेलु मदिरा तथा उक्त मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी गरी नष्ट समेत गरिएको बालाजु प्रहरीले बताएको छ ।
घरेलु मदिराको अबैध कारोबारलाई रोकथाम गर्न विशेष अभियान संचालन गरिएको प्रहरी निरीक्षक गौतम मिश्रले जानकारी दिए ।


क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्