Techie IT
बिहीबार, मंसीर ४,२०८३

एमालेका जिल्ला पार्टी कार्यालयमा एकजना आइटी विज्ञ अनिवार्य


काठमाडौं – नेकपा एमालेले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा अनिवार्य एक जना सूचना प्रविधि विज्ञ नियुक्त गर्ने भएको छ ।

केन्द्रीय सचिवालयको आज बसेको बैठकले पार्टी सदस्यता अद्यावधिक गर्नका लागि आइटी विज्ञ नियुक्त गर्न सबै जिल्लालाई निर्देशन दिइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

आगामी फागुन महिनाभित्र पार्टी सदस्यता वितरण गर्ने र पार्टी सदस्यता अद्यावधिक गर्ने कार्ययोजना एमालेले बनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एमालेका जिल्ला पार्टी कार्यालय


तपाईको कमेन्ट लेख्नुहोस्