वडाध्यक्ष बासु गौतमको निर्देशमा भत्काइयो प्रतिजग्गा मिचिर बनाइएको निजि घर
काठमाडौं माघ । तार्केश्वर नगरपालिका ५ मा अबस्थित रुद्रमति क्रियापुत्री भवनसंगैको प्रतिजग्गा मिचिर निजि घर निर्माण गरिएको घरको कम्पाउन भत्काइएको छ ।
वडाध्यक्ष बासु गौतमको निर्देशमा घरको कम्पाउन भत्काएको स्थानीय विश्वनाथ तिमिल्सिनाले जानकारी दिए ।
प्रतिजग्गा मिचिर घर निर्माण गरिएको बिषयमा स्थानीयले चर्को बिरोध गर्दै कार्वाहीको माग गर्दै आएका थिए । वडाअध्यक्ष बासु गौतम र इन्जिनियर आर्यालको कामबाट प्रतिजग्गा जोगाउन सक्रिय तार्केश्वरवासी हर्षित भएको समेत तिमिल्सिनाले बताए ।
स्थानीय विश्वनाथ तिमिल्सिना निरन्तर प्रतिजग्गा जोगाउन सक्रियता देखाउदै आएका वडाअध्यक्ष गौतमले प्रतिजग्गा तारकेश्वरवासीको सार्वजनिक सम्पति भएको भन्दै विभिन्न बहानामा मिचिएका प्रतिजग्गा अब कुनै हालतमा नछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ञतार्केश्वरमा ञप्रतिजग्गाझ मिचेर निजी आवास निर्माण, निरिह बन्यो नगरपालिकाझ भन्ने समाचार गण्डकी टाइम्सले प्रकाशित गरेको थियो।
प्रतिजग्गा मिचिएको समाचार सार्वजनिक भएपछि वडाध्यक्ष गौतम र इन्जिनियर अर्यालले घरको कम्पाउन भत्काउन दिर्देशन दिए पनि घरधनीले विभिन्न बहाना बनाउदै आलटाल गर्दै आएका थिए ।
दसौं वर्षदेखि कब्जा गरिएको प्रतिजग्गा फिर्ता गर्नु वडाअध्यक्ष बासु गौतमसंगै तार्केश्वरवासीको ठुलो सफलता नेकपा एमाले तार्केश्वेर वडा(५ का सचिव बलराम धितालले बताए ।
स्थानीय शिक्षक हरि प्रसाद दाहालले प्रतिजग्गा जोगाउने वडाअध्यक्षको कदमले दसौं वर्ष पुरानो सपना पुरा भएकोका खुशी व्यक्त गरे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्