तारकेश्वर मेयरमा कांग्रेसबाट इच्छाराम कार्कीको उम्मेद्बारी घोषणा

काठमाडौं, १९ माघ । स्थानीयतहको निर्वाचन हुने चर्चासंगै आकाक्षीहरुको समेत चर्चा हुन थालेको छ । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिश गरेसंगै आकाक्षीहरुले आफ्नो दावी प्रस्तुत गर्न थालेका छन् ।
यसैविच काठमाडौंको तार्केश्रर नगरपालिकामा नेपाली कांग्रेसबाट इच्छाराम कार्कीले आगामी निर्वाचनमा मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका कार्की लामो समयदेखि राजनीति मार्फत सामजसेवामा सक्रियत रहदै आएका छन् ।
कांग्रेसको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा दोस्रो लोकप्रिय मत प्राप्त गरि विजयी भएका कार्की जनताको काम भनेपछि हुरुक्क हुन्छन्। तार्केश्वरको बिकासगरि जनताको जिवनस्तर उठाउन आफुले मेयरमा उम्मेदवारी दिन लागेको कार्की बताउछन्।
विस २०५४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षको उम्मेदवार भई राजनीतिमा प्रवेश गरेका कार्की त्यसयता निरन्तर राजनीतिमा सक्रिय रहदै जनसेवा गर्दै आएका छन्।
कांग्रेस बृतमा युवा नेता कृष्णहरि मर्हजनको चर्चा रहेको छ । पूर्व रक्षामन्त्रि तथा सांसद भिमसेनदास प्रधानको बिश्वासको पात्र समेत रहेका मर्हजन कांग्रेस तारकेश्वरको नगर सभापतिका रुपमा कार्यरत छन ।कांग्रेसमा अन्य गुटमा पनि लोकप्रिय रहेका मर्हजन युवा जमातमा पनि उत्तीकै प्रख्यात छन ।
यसै गरि धर्मस्थलीका नारायण प्रसाद तिमिल्सिनाको पनि चर्चा रहेको छ । नार्गाजुन नगरपालिकामा करिव २० बर्ष स्थानिय तहको अनुभव गरेका तिमिल्सिना तारकेश्वरमा भद्र , शालिन , मिलनसार ब्यक्तीत्वका रुपमा परिचित छन भने कांग्रेस भित्रका साझा एवं प्रभावशाली ब्यतित्वका रुपमा परिचित छन ।
क्याटेगोरी : समाचार
ट्याग : #इच्छाराम कार्की
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्