एमसीसी पास नभए ५ दलीय गठबन्धन तोडिने -देउवा
माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नभए सत्तारुढ ५ दलीय गठबन्धन तोडिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री देउवाले शनिबार साँझको गठबन्धन दलहरुको बैठकमा एमसीसीको विषय उठाउँदै यदि पारित नभए गठबन्धन टुट्ने बताएका थिए । बैठकमा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका नेताहरुको उपस्थितिमा देउवाले एमसीसी चालु संसद बैठकबाटै पारित गर्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री देउवाले एमसीसी फेब्रुअरी १ मा पारित नभए अमेरिकाले फिर्ता लैजाने बताएका थिए ।
निर्धारित समयमा पारित नगरे अमेरिकाले परियोजना फिर्ता लैजाने प्रधानमन्त्रीको भनाइ थियो ।
बैठकमा यस विषयमा चर्काचर्की समेत भएको थियो । जसले एमसीसीकै कारण गठबन्धन टुट्ने संकेत गरेको बताइएको छ ।
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको एमसीसी पास गर्ने कुरा माओवादी लगायतका दलहरुले नमानेको बुझिएको छ ।
जसमा संसदमा एमसीसी पेश गरेपछि देउवाले नेताहरुलाई भोट हाल्न आफ्नो विचार गर्नु पनि भनेको बताइएको छ ।
यसै बीच माओवादी तथा एकीकृत समाजवादीका नेताहरुले सभामुख अग्नि सापकोटामार्फत संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित गराएका छन् ।
कोरोना संक्रमणको बहाना गर्दै बैठक स्थगित गराइए पनि विषय भने एमसीसी रहको बुझिएको छ ।
यस्तो अवस्थामा एमसीसी अनुमोदन नहुने देखिएको छ । यदि त्यस्तो भएमा गठबन्धन टुट्ने धेरैको विश्लेषण रहेको छ ।
देउवाले धेरै पटक एमीसी पारित गर्न जोड दिए पनि यसको चौतर्फी विरोध भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #५ दलीय गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्