एमसीसी पास नभए ५ दलीय गठबन्धन तोडिने -देउवा

माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित नभए सत्तारुढ ५ दलीय गठबन्धन तोडिने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री देउवाले शनिबार साँझको गठबन्धन दलहरुको बैठकमा एमसीसीको विषय उठाउँदै यदि पारित नभए गठबन्धन टुट्ने बताएका थिए । बैठकमा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका नेताहरुको उपस्थितिमा देउवाले एमसीसी चालु संसद बैठकबाटै पारित गर्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री देउवाले एमसीसी फेब्रुअरी १ मा पारित नभए अमेरिकाले फिर्ता लैजाने बताएका थिए ।
निर्धारित समयमा पारित नगरे अमेरिकाले परियोजना फिर्ता लैजाने प्रधानमन्त्रीको भनाइ थियो ।
बैठकमा यस विषयमा चर्काचर्की समेत भएको थियो । जसले एमसीसीकै कारण गठबन्धन टुट्ने संकेत गरेको बताइएको छ ।
काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको एमसीसी पास गर्ने कुरा माओवादी लगायतका दलहरुले नमानेको बुझिएको छ ।
जसमा संसदमा एमसीसी पेश गरेपछि देउवाले नेताहरुलाई भोट हाल्न आफ्नो विचार गर्नु पनि भनेको बताइएको छ ।
यसै बीच माओवादी तथा एकीकृत समाजवादीका नेताहरुले सभामुख अग्नि सापकोटामार्फत संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित गराएका छन् ।
कोरोना संक्रमणको बहाना गर्दै बैठक स्थगित गराइए पनि विषय भने एमसीसी रहको बुझिएको छ ।
यस्तो अवस्थामा एमसीसी अनुमोदन नहुने देखिएको छ । यदि त्यस्तो भएमा गठबन्धन टुट्ने धेरैको विश्लेषण रहेको छ ।
देउवाले धेरै पटक एमीसी पारित गर्न जोड दिए पनि यसको चौतर्फी विरोध भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #५ दलीय गठबन्धन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्