हिंसात्मक अभिव्यक्ति दिने रेणु यादव मन्त्रीबाट हट्दै

काठमाडौं, १३ माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई राजीनामा दिन दबाब बढेको छ ।
माघ ५ गते गौर हत्याकाण्डसँग जोडेर हिंसा फैल्याउने विवादास्पद अभिव्यक्ति दिएपछि मन्त्री यादवको चौतर्फी आलोचना भइरहेको छ ।
यादवको अभिव्यक्ति प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो लिएको बताइएको छ । यदि मन्त्री यादवले राजीनामा नदिए बर्खास्त गर्नेबारे समते चर्चा भइरहेको बुझिएको छ ।
उनलाई रक्षा गर्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लागेका भए पनि पार्टीकै अन्य नेताहरु भने असन्तुष्ट रहेका छन् ।
त्यस्तै, सप्तरी जिल्ला प्रशासनमा पनि प्रधानमन्त्री देउवालाई मन्त्री यादवको बर्खास्तीको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ ।
त्यस्तै, नेवि संघले समेत मन्त्री यादवको अभिव्यक्तिको चर्को आलोचना गर्दै राजीनामाको माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रेणु यादव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ८टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्