बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ३१ औँ शृङ्खला सम्पन्न
आज मिति २०७८ साल माघ ८ गते शनिबारका दिन’ बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ‘३१ औँ (एकतिशौँ) शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल)को अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रतिष्ठानको सचिव यशोदा श्रेष्ठले सञ्चालन गरेको यस शृङ्खलामा शुभकामना दिने स्रष्टाहरुमा प्रलेस महोत्तरी अध्यक्ष तथा बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी, शिशिर घिमिरे स्मृति प्रतिष्ठानका संरक्षक तथा छन्द चौतारीका अध्यक्ष अग्नि कवच, मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहाल, बलेसी साहित्य समाज महोत्तरीका अध्यक्ष भीमकुमार राउत, उद्घोषण कला प्रशिक्षक रोहित भट्टराई, महगी भाषाका समाचार वाचक फुलगेन महतो तथा पौडेल साहित्य प्रतिष्ठान प्रदेश नम्बर २ (दुई) का अध्यक्ष जनकप्रसाद पौडेल थिए ।
उक्त शृङ्खलामा विभिन्न लयका कविता, गीत, गजल र कथा वाचन गरिएका थिए । शृङ्खलामा रचना वाचन गर्ने स्रष्टाहरुमा जेनिशा थापा, इन्दु महतो, मनिष महतो, राम मिलन, रोहित भट्टराई, जीवनराजदहाल, फुलगेन महतो, नानीराम दहाल (बन्चरो), अग्नि कवच, जनकप्रसाद पौडेल, विपिराज दहाल, यशोदा श्रेष्ठ, जीवनस्पर्शी र आर सी पौडेल थिए ।

यस प्रतिष्ठानको सचिव यशोदा श्रेष्ठको जन्म दिनको पनि संयोग परेकोले उपस्थिति सम्पूर्णबाट जन्मदिनको शुभकामना व्यक्त गरिएको थियो ।
अन्तमा प्रतिष्ठानको ३१ औँ (एकतिशौँ) शृङ्खला भव्य र सभ्य रुपमा सम्पन्न पार्न उपस्थिति हुने सम्पूर्ण साहित्यिक द्रष्टा तथा स्रष्टाहरुलाई सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल) ले हार्दिक धन्यवाद ज्ञापन गर्दै शृङ्खलाको समापन गरेका थिए ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्