Techie IT
बुधबार, वैशाख २४,२०८२

आज रातिबाट काठमाडौंमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू


काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आज रातिदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।

यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ। यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ।

यस्तै डिपार्टमेन्ट स्टोर, सपिङ मल लगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिईएको छ। सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड बोक्नुपर्ने छ। यस्तै सार्वजनिक ठाउँमा थुक्न पनि प्रतिबन्ध लगाइएको छ।

यस्तो छ आदेशः


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जोर बिजोर प्रणाली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:18 am6:42 pm +0545