के तपाइ मोटोपनाले चिन्तीत हुनुहुन्छ ? यस्ता छन घटाउने उपायहरु
एजेन्सी , विश्वका जुनसुकै कुनाकाप्चा अथवा स्थानमा रहेका हरेक युवा पुस्तामा स्लिम अर्थात् जिरो फिगर होस् भन्ने चाहना सबैमा हुने गर्दछ ।
त्यस्तै गरि नेपाली समाजमा पनि फेसन डिजाइनको ज्ञानले गर्दा युवतीहरु स्लिम बन्न लालायित भएको पाइन्छ ।
आजकल फिल्मी दुनियाको प्रभावले युवा पुस्तामा स्लिम बन्ने चलन यसरी व्यापकभएको पाइन्छ ।
अधिकांश युवाहरु पनि स्लिम, दुब्ली,पातली, कम्मर छिनेकी केटीप्रति आकर्षित हुन्छन् । मोटाउनु स्वास्थ्यका लागि पनि राम्रो मानिदैन।
त्यसैले स्लिम बन्नका लागि डाइटिङ अर्थात् कम खाने चलन बढ्दो छ । तर प्राय युवती वा युवाहरु स्लिम बन्ने बहानामा पानि मात्र पिउने गर्दछन् । तर यसो गर्नु स्वास्थ्यको लागि हानीकारक हो।
स्लिम बन्ने ७ फरक बिधि :
१.खाना खाँदा कम समयको अन्तर राखी कम्तीमा दिनको ४ पटक खाने तर एकदम कम खाने बानी बसाउनुपर्छ । बिहान उठेर खाजा खान जरुरी हुन्छ । खाजामा फापरको रोटी, जौ, तर निकालेको दूध, अण्डाको सेतो भाग र पर्याप्त मात्रामा फलफूल खानु पर्दछ।
२. हामीले दैनिक खाना खाँदा उचाइ र उमेरमा पनि ध्यान दिनु पर्ने हुन्छ । त्यसैले उचाइ र उमेरअनुसार खाना खाने गर्नुपर्दछ ।खाना खाँदा सागसब्जी,सलाद र प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । मांशाहारीले सकेसम्म रातो मासु कम गरि कम तेल राखेर बनाएको कुखुरा र माछाका परिकार खानुपर्छ । मासु नखाने अथवा शाकाहारीले दही, तोफू, पनिर लगायतका खाद्यपदार्थ खाने गर्नुपर्छ । अतः ठिक्कको उमेर तथा उचाइ भएकाहरुले खानामा भात ३० देखि ४० ग्राम खाएमा तौल नियन्त्रण हुन्छ र शरीरलाई आवश्यक तत्व पनि पुग्छ ।
३. खाजाको समयमा भुजा,केराउ वा चनाको तरकारी तथा चिउरा र तरकारी खान सकिन्छ । सकेसम्म संभव भएसम्म मोही पिउने र फलफूल खान जोड दिने । फलफूलको फाइबर नै शरीरलाई आवश्यक पर्ने भएकोले फलफूल काटेर खाने गर्नुपर्छ ।
४. बेलुकाको खाना सकेसम्म ७-८ बजेको समयमा खाइसक्नुु पर्छ । साँझको खानामा भात भन्दा रोटी बढी खाने गर्नुपर्छ । खाना खाएको १्-२ घण्टासम्म नसुत्ने, हिँडडुल गर्ने गर्नुपर्छ ।
५. एक दिनमा कम्तिमा ३ लिटर पानी पिउनु पर्छ ।
६. खाने कुरामा फाइबरयुक्त र कम फ्याट भएका जस्तै स् आलु, तरुल, सखर खण्डलगायत गुलिया खानेकुराहरुमा जोड दिनु हुँदैन । चिया तथा कफी खानुपर्दा चिनीको सट्टा भेनिलाको एस्ट्रयाक प्रयोग गरे राम्रो हुन्छ ।
७. कमजोर मान्छेले कस्तो व्यायाम गर्ने, मोटो मान्छेले कस्तो व्यायाम गर्ने रु विभिन्न स्वास्थ्यमा समस्या भएकाहरुले कस्तो व्यायाम गर्ने रु सबैलाई एकैप्रकारको व्यायाम सहज नहुन पनि सक्छ । त्यसैले व्यायाम गर्दा सम्बन्धित डा। तथा विशेषज्ञको सल्लाहमा व्यायाम गर्नुपर्छ । व्यायाम गरि सकेपछि राति भिजाएर राखेको लोक्कल बदाम दूधमा राखेर खान सकिन्छ । जसले गर्दा स्वस्थ स्फूर्तीका साथै तौल नियन्त्रण गर्न मद्दत गर्दछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मोटोपना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्