अरुण तेश्रो प्रभावितहरुको समस्या समाधान प्राथमिकतामा राख्ने संखुवासभाका गठबन्धन दलको निर्णय
संखुवासभा । जिल्लामा हालै बसेको पाँच दलिय गठबन्धनको बैठकले अरुण तेश्रो जलविद्युत आयोजनाका प्रभावितहरुको समस्या समाधानका लागि विशेष पहल गर्ने निर्णय गरेको छ । प्रभावितहरुले पटक पटक आन्दोलन गरेपनि उनीहरुको माग सम्बोधन नभएकाले त्यसको लागि गठबन्धनका दलहरुले विशेष पहल गर्ने निर्णय गरेको हो ।
जिल्ला भित्र निर्माण हुने र निर्माणाधिन आयोजनाहरुको सुक्ष्म अध्ययन तथा निगरानी राख्ने समेत निर्णय गरेको छ । त्यस्तै, जिल्लामा हुने अनियमितता, भ्रष्टचारको विरुद्धमा अभियान सञ्चालन गर्ने र सुशासन कायम गराउने समेत निर्णय गरेको छ ।
उक्त कार्यहरुका लागि नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काको संयोजकत्वमा जिल्ला स्तरिय राजनितिक संयत्र गठन गरिएको छ । समितिको सदस्यमा नेकपा (एकिकृत समाजवादी) का जिल्ला संयोजक हेमराज घिमिरे, नेकपा माओवादी केन्द्रका अध्यक्ष कृष्ण जिमी र जनता समाजवादी पार्टीका अध्यक्ष कवानसेन राई रहेका छन् ।

क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्