Techie IT
सोमबार, वैशाख २२,२०८२

मेगा बैंकबाट भक्तपुर जिल्लामा सीसीटीभी जडान गर्न सहयोग


काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सीसीटीभी जडान गर्न आर्थिक सहयोग गरेको छ।

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सीसीटीभी जडान समितिका पदाधिकारीलाई सीसीटीभी खरिदका लागि २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन्।

कार्यक्रममा समितिका संयोजक प्रदीपकुमार श्रेष्ठ, कोषाध्यक्ष नविन प्रजापती, सचिव पदमलाल शिलाकार र सदस्य सचिव प्रनाउ राजु पाण्डेको सहभागिता थियो।

भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी तथा प्रभावकारी बनाउने उद्देश्यले सीसीटीभी खरिद तथा जडान गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको सीईओ खुञ्जेलीले बताइन्।


क्याटेगोरी : अर्थ
ट्याग : #मेगा बैंक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545