थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि, १ जना संक्रमितको मृत्यु
काठमाडौं, २९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर १० हजार ४९८ जनामा आरटी–पीसीआर गर्दा २ हजार ९२२ जना र ४ हजार ५८३ जनाको एन्टिजेन परीक्षण गर्दा ६३१ जना गरी आज ३,५५३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ४१ हजार २९७ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७१ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ जना पुगेको छ । यो कुल संक्रमितको ९६.९ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४९ लाख ६७ हजार ७८६ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले १४ हजार ३४० जना आइसोलेसन र १२२ जना क्वारेन्टिनमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्