शृङ्खलाबद्ध रूपमा चोरी गर्दै हिंड्ने फरार प्रतिवादी पक्राउ
धादिङ । धादिङ प्रहरीले चोरी गर्दै हिंड्ने एक फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । पटकपटक चोरी गर्दै फरार रहदै आएका धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नंम्बर ३ कात्राक बस्ने २१ बर्षिया श्याम प्रजा भन्ने सुर्य बहादुर मगरलाइ प्रहरीले एक बर्षपछि पक्राउ गर्न सफल भएको हो ।
चोरी मुद्दामा फरार रहदै आएका मगरले २०७७ साल असोज २५ गतेको फैसला बमोजिम ७ महिना २४ दिन कैद सजाय तोकी कैद भुक्तान गर्न बाँकी थिए । त्यस्तै, उनी विरुद्ध गत जेठ ०१ गते रातीको १० बजेको समयमा समेत धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ करङखोलामा रहेको ब्लु हेबन रेष्टुरेण्ट एण्ड बार र द ब्लु हेबन रेष्टुरेण्ट प्रा.लि. मा समेत चोरी गरेका थिए ।
मुख्य प्रतिवादी रही लामो समयदेखि फरार रहदै आएका र अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दामा समेत फरार रहदै आएका मगरले केही समय अघि पुनः केही पसलमा चोरी गरेको भन्ने सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा पौष १७ गते राती साँढे नौ बजेको समयमा मलेखुबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मगरको शरीर तथा उनी बसोबास गर्ने घर कोठा समेतको खानतलासी गर्ने क्रममा उनको साथबाट नेपाल टेलिकमको दुइ हजार सात सय पचास रुपैयाँ बराबरको रिचार्ज कार्ड सहित पच्चीस सय रुपैयाँ नगद र सुनको छड्के तिलहरी एक थान, सुनको माईली तिलहरी एक थान, सुनको जन्तर एक थान, सुनको रामलिला झुम्का एक जोर , चाँदीको कल्ली १ जोर, चाँदीको बाला ३, आईफोन 4S मोबाईल एक थान बरामद गरेको छ ।
बरामद गरिएको सामान सहित पक्राउ परेका उनीविरुद्ध चोरी तथा डाँका सम्बन्धि कसुर मुद्दामा सम्मानित जिल्ला अदालत धादिङबाट म्याद अनुमति लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्